logo

२०८३ साउन १३ बुधबार

गृहमन्त्री र एमसीसीका उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

गृहमन्त्री र एमसीसीका उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी एमसीसी परियोजनाका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । शनिबार गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक सुरक्षा र समन्वयनको काममा सहयोग गर्न गृहमन्त्रीलाई आग्रह गरेका थिए । जवाफमा गृहमन्त्रीले परियोजना अघि बढाउन सरकारकातर्फबाट सबै सहयोग हुने बताएका गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहसचिव दिनेश भट्टराई र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन समेत सहभागी थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend