काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सरकार आफैँले ल्याएको सिद्दान्त र प्राथमिकताअनुसार नभएको बताएका छन् ।
शनिबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रमले देशको समस्या समाधान गर्न नसक्ने बताएका हुन् । उनले नीति तथा कार्यक्रम शब्दजाल मात्र भएको टिप्पणी गरे ।
उनले नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता नभएको आरोप लगाए । उनले सरकारको नीति तथा कार्यक्रमको विरोध गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम स्वीकार्य नरहेकाले सदनबाट पारित हुन नदिने बताए । उनले भने, ‘सरकारको नीति तथा कार्यक्रमले कुनै मार्गदर्शन गर्दैन। यो स्वीकारयोग्य छैन। समर्थन योग्य छैन। यस्तो फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेस हुनु दुःखको कुरा हो। यसर्थ यसलाई पास गर्न हुँदैन, मिल्दैन। यसको विरोध गर्नुपर्छ।’
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend