logo

२०८३ असोज ८ बिहिबार

भारतकाे सिमानादेखि सिन्धुलीकाे मदन भण्डारी लाेकमार्गसम्म पक्की बाटाे माग्दै प्रधानमन्त्रीलाई मागपत्र पेश

भारतकाे सिमानादेखि सिन्धुलीकाे मदन भण्डारी लाेकमार्गसम्म पक्की बाटाे माग्दै प्रधानमन्त्रीलाई मागपत्र पेश


हाम्रो राष्ट्र
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारतको सिमाना पर्ने सर्लाहीको विष्णु गाउँपालिकादेखि सिन्धुलीको मदन भण्डारी लोकमार्गसम्म जोड्ने पक्की बाटो माग गर्दै प्रधानमन्त्रीलाई मागपत्र पेश गरिएको छ ।

    यो बाटो निर्माणमा लागि अगुवाई गर्दै आएका कांग्रेस नेता विनोद खनालले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर मागपत्र पेश गरेका हुन् । खनालसँगै मागपत्र लिएर सर्लाहीबाट निर्वाचित सांसद एवं खानेपानी मन्त्री महेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

    भारतको सिमानामा पर्ने विष्णु गाउँपालिका हुँदै चकरघट्टा,बरहथवा, हरिपुर,हरिवन हुँदै सिन्धुलीको मदन भण्डारी लोकमार्गसम्म जोड्ने करिब ६० किलोमिटर पक्की पिचबाटो निर्माणका लागि खनाल विगत दुई वर्षदेखि यो बाटो निर्माणको अभियानमा छन् । सर्लाहीका दुई लाख नागरिक लाभान्वित हुने ठानिएको यो मार्ग निर्माण हुनुपर्नमा सर्लाहीका स्थानीय, प्रदेश र संघका सबै जनप्रतिनिधिको समर्थन छ । उनीहरूको समर्थन पत्र प्रधानमन्त्रीलाई बुझाइएको छ ।

    प्रधानमन्त्रीले मागपत्र बुझ्दै यो मार्ग निर्माणका लागि आवश्यक कारवाही अगाडि बढाउन अर्थ मन्त्रालय पठाएका छन् । ‘प्रधानमन्त्री ज्यूले हाम्रो मागलाई गम्भीरताका साथ लिनुभएको छ । अर्थमन्त्रीज्यूसँग पनि यसबारे हामी कुरा गर्दैछौं,’ खनालले भने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend