काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।
‘उहाँले नीति कार्यक्रममाथि बोल्न लाग्नु भएको हो,’ ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भने, ‘समसामयिक विषयमा पनि उहाँले पार्टीको धारणा राख्नुहुनेछ।’
ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend