logo

२०८३ साउन १३ बुधबार

नक्कली शरणार्थी प्रकरणमा सरकारले जुँगामा ताउ लगाउन आवश्यक छैनः केपी ओली

नक्कली शरणार्थी प्रकरणमा सरकारले जुँगामा ताउ लगाउन आवश्यक छैनः केपी ओली


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दाेष फसाउन खोजिएको आरोप लगाएका छन् ।

    संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको आइतबार छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् । उनले आफ्नो पार्टी अपराधी नउम्किने र निर्दाेष कोही नफसोस् भन्ने पक्षमा रहेको बताए ।

    प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै नाजायज काम भएको दाबी गरे ।

    अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफै बाहिर आएको बताए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैले बाघ मारेजस्तो हल्ला गरिरहेको भन्दै अध्यक्ष ओलीले सरकारले जुँगामा ताउ लगाउन आवश्यक नरहेको बताए । भुटानी शरणार्थी प्रकरण पचाउन नसक्ने भएपछि आफै विस्फोट भएको उनले बताए । उनले भने,’आफै विष्फोट भएर आयो । भुइँचालो आफै आयो । यो रोक्न सकिँदैनथ्यो । छेक्न सकिँदैनथ्यो ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend