logo

२०८३ असोज ८ बिहिबार

बागमती प्रदेशमा कांग्रेसबाट चार र एकीकृत समाजवादीबाट दुई मन्त्री थपिए

बागमती प्रदेशमा कांग्रेसबाट चार र एकीकृत समाजवादीबाट दुई मन्त्री थपिए


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1K
    SHARES

    बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीका मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    उनले नेपाली कांग्रेसबाट चारजना र नेकपा एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । कांग्रेसबाट रामकृष्ण चित्रकार विना विभागीय मन्त्री, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र मसिना खड्का भण्डारी वन तथा वतावरण मन्त्री बनेका छन् ।

    यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend