logo

२०८३ साउन १४ बिहिबार

अरुलाई सत्तोसराप नगर्न ओलीलाई माधव नेपालको सुझाव

अरुलाई सत्तोसराप नगर्न ओलीलाई माधव नेपालको सुझाव


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अरुलाई सत्तोसराप नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले सरकारबाट किन बाहिरिनु पर्यो भन्ने विषयमा आत्मसमीक्षा गर्न सुझाव दिएका हुन् ।

    उनले भने, ‘बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? अरूलाई सत्तोसराप गरेर मात्र हुँदैन। आफू भित्र के कमीकमजोरी रहे सबैले पहिचान गरौं । त्यसमा सुधार गरौं। हामीमा सबैभन्दा ठूलो समस्या व्यक्तिवाद, सर्वमान्य ठान्ने प्रवृत्तिबाट मुक्त हुन, भ्रष्टाचारमा चुर्लुम्म ढुब्ने प्रवृत्तिबाट मुक्त हुनु जरुरी छ।’

    उनले कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिए । अध्यक्ष नेपालले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टाचारको जालो तोड्ने आग्रह गरे ।

    उनले इमान्दारिताका साथ अगाडि बढ्न र सत्ताको दुरूपयोग गर्नेलाई कारबाही गर्न आग्रह गरे । उनले भने,‘तपाईं इमान्दारिकताका साथ अगाडि बढ्नूस् । भ्रष्टाचारको जालोलाई तोड्नुस्। स्वच्छ सरकार देशलाई प्रदान गर्नुस्। गतिशित सरकार प्रदान गर्नुस्। काम ठग र आफ्नो सत्ताको दुरूपयोग गर्ने तत्वहरू लाई कारबाही गर्नुस् ।’ उनले अहिलेको देशमा देखिएको समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend