logo

२०८३ साउन १३ बुधबार

कांग्रेसलाई योगेशको प्रश्नः जनयुद्ध शब्द स्वीकार गरेको हो ?

कांग्रेसलाई योगेशको प्रश्नः जनयुद्ध शब्द स्वीकार गरेको हो ?


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 884
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द लेखिएको भन्दै आपत्ति जनाएका छन् ।

    सोमबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले जनयुद्ध शब्दको विषयमा संविधान निर्माणका क्रममा व्यापक छलफल भएको स्मरण गराउँदै अहिले नीति तथा कार्यक्रममा उक्त शब्द लेखिएकोप्रति आपत्ति जनाएका हुन् ।

    संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै सचिव भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको आलोचना गरेका हुन् ।

    जनयुद्ध शब्द कांग्रेसकै सहमतिमा उल्लेख गरिएको भन्दै उनले कांग्रेस इतिहासमै निम्छरो अवस्थामा रहेको टिप्पणी गरे उनले विद्वान फ्रान्सेस फुकुमायाको पुस्तकको चर्चा गर्दै साँच्चै कांग्रेसले जनयुद्ध दिवस मानेको भए ‘इन्ड अफ हिस्ट्री’ हुने चेतावनी दिए ।

    उनले भने, ‘जनयुद्ध भन्ने शब्द यहाँ उचारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । पहिलोपटक प्रधानमन्त्री प्रचण्डले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गराउनुभएको छ । बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसादको पार्टी यति निम्छरो नेपाली कांग्रेसको हालत देखिएको छ । यदि, यो एक नम्बर बुँदा कांग्रेसले स्वीकार गर्छ भने कांग्रेसको इन्ड अफ द हिस्ट्री हो ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend