logo

२०८३ साउन १४ बिहिबार

देवेन्द्र पौडेलको प्रश्नः त्यो ‘जनयुद्ध’ नभएर के माछा युद्ध थियो, भालु युद्ध थियो ?

देवेन्द्र पौडेलको प्रश्नः त्यो ‘जनयुद्ध’ नभएर के माछा युद्ध थियो, भालु युद्ध थियो ?


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 988
    SHARES

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखेकामा नेकपा एमालेका सचिव योगेश भट्टराईले आपत्ति जनाएपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदबाटै त्यसको जवाफ दिएका छन् ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएकोमा भट्टराईले आपत्ति जनाएपछि सांसद पौडेलले त्यसको जवाफ दिएका हुन् ।

    भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा जनयुद्ध शब्द राखिएको भन्दै आपत्ति जनाएका थिए । त्यसको जवाफ दिँद पौडेलले शब्दकोष हेर्न सुझाव दिएका छन् ।

    पौडेलले भने, ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु । त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए कि रुख, ढुंगाहरु लडेका थिए ? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । यो मानिसका छोराहरु लडेका युद्ध थियो ।’

    शुक्रबार संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमको पहिलो बुँदामा जनयुद्ध शब्द राखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend