logo

२०८३ साउन १४ बिहिबार

नेपाली कांग्रेस दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी हुने

नेपाली कांग्रेस दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी हुने


हाम्रो राष्ट्र
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 949
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेस दुई मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो ।

    कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा दलका नेता यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रूपमा वीरेन्द्रप्रसाद सिंहले शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकीय सचिव लालबाबु यादवले जानकारी दिएका छन् ।

    अन्य पार्टीको सरकारमा सहभागिताका विषयमा छलफल जारी नै रहेको उनले बताए । लोसपा र नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषय टुङ्गिन बाँकी रहेको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend