logo

२०८३ साउन १४ बिहिबार

मधेश प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादी सहभागी, मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादी सहभागी, मन्त्रीले लिए शपथ


हाम्रो राष्ट्र
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 962
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका हुन् । प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधारमन्त्री, वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका हुन् ।

    दुई/दुई वटा मन्त्रालयको माग गर्दै आएका गठबन्धनका घटक दलहरु माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी असन्तुष्ट भएका छन् ।

    माओवादी केन्द्रले त सरकारलाई समर्थन यथवात राख्दै मधेस सरकारबाट बाहिरिने निर्णय समेत गरिसकेको छ । सोमबार बसेको ६ दलीय गठबन्धनमा कांग्रेसले ४, लोसपा, जनमत र माओवादी केन्द्रले दूई/दुई मन्त्रालयको प्रस्ताव गर्दा बैठक निष्कर्षविहिन भएको थियो ।

    तर मंगलाबर बिहान मुख्यमन्त्रीसँगको सम्वादमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने सहमति जनाएपछि अन्य ३ घटक दल लोसपा, जनमत र माओवादी केन्द्र असन्तुष्ट भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend