logo

२०८३ साउन १४ बिहिबार

शरणार्थी प्रकरण छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न लामिछानेको माग

शरणार्थी प्रकरण छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न लामिछानेको माग


हाम्रो राष्ट्र
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा संसदीय विशेष छानबिन समिति बनाउन माग गरेका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै सभापति लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान शंकका घेरामा रहेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका हुन् । उनले यस प्रकरणमा अनुसन्धान गर्ने अधिकारी र प्रमुखको नामसमेत आएकाले सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।

    उनले भने, ‘हामी भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदै आएका थियौँ । तीन दल खुसुखुस बस्दा हामीले आशंका नगरेका होइनौँ । अहिले अनुसन्धान गर्ने अधिकारी र प्रमुखको नाम आउँदा पनि अनुसन्धान भएको छैन । त्यसैले संसदीय छानबिन समिति बनाइयोस् ।’

    सभापति लामिछानेले नक्कली शरणार्थी प्रकरणमा अँध्यारो कोठामा नभई दिउँसै सिंहदरबारदेखि बालुवाटारसम्म लेनदेन भएको दाबी गरे ।

    उनले भने, ‘यो प्रकरणमा सिंहदरबार, मन्त्री क्वार्टर र बालुवाटारमा लेनदेन भएको छ । अब विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाउनुपर्छ । जसजसको नाम आएको छ छानबिनको दायरामा ल्याउन किन डराएको ? गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दरो छ भन्नु भएको थियो । किन डराएको ? उहाँहरुको मुटु कहाँ गएर चेक गर्ने ?’

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend