logo

२०८३ साउन १३ बुधबार

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता


हाम्रो राष्ट्र
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट दर्ता भएको छ । बुधबार युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ दिएको रिट दर्ता भएको हो । रिटको पेसी जेठ १७ गतेलाई तोकिएको छ ।

    रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ । लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पेस गर्न नसकेको जिकिर रिट निवेदनमा गरिएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको थियो ।

    रिटमा लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई विपक्षी बनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend