logo

२०८३ साउन १४ बिहिबार

नक्कली शरणार्थी प्रकरणमा संलग्न चाहे त्यो घरको होस्, वा बार्दलीको, कारबाही हुनुपर्छः महामन्त्री थापा

नक्कली शरणार्थी प्रकरणमा संलग्न चाहे त्यो घरको होस्, वा बार्दलीको, कारबाही हुनुपर्छः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोही माथि कारबाही हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएकाले यसमा संलग्न एकजना मान्छे पनि छुट्न नहुने बताएका हुन् ।

    उनले अपराधमा संलग्न चाहे घरको मान्छे होस् वा बार्दलीको, कोही पनि छुट्न नहुने बताए । उनले भने,’यो राज्यविरुद्धको अपराधमा संलग्न भएको मान्छे चाहे त्यो घरको होस्, चाहे त्यो बार्दलीको मान्छे होस् । चाहे त्यो नेता होस् वा नाता होस् । सलाम गर्ने होस् वा सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन । दूधको दूध पानीको पानी हुनुपर्छ ।’

    महामन्त्री थापाले यस प्रकरणमा सरकारको परीक्षा भइरहेको र यसपछि न्यायालयको परीक्षा सुरु हुने बताए । ‘सरकारको परीक्षा पनि छ । सरकारको परीक्षा सकिएपछि अब न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि यो विषय न्याय गरेँ भनेर मात्रै भन्न पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ,’ उनले भने ।

    थापाले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान कसरी भइरहेको छ भन्ने विषय सबै नागरिकले हेरिरहेको बताए । उनले भने, ‘सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend