logo

२०८३ साउन १३ बुधबार

कांग्रेसले भन्यो-कोशी प्रदेशको नामकरण साझा सहमतिबाट गरिएको हो, आन्दोलनरत पक्षलाई वार्तामा बोलाइयोस्

कांग्रेसले भन्यो-कोशी प्रदेशको नामकरण साझा सहमतिबाट गरिएको हो, आन्दोलनरत पक्षलाई वार्तामा बोलाइयोस्


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 897
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले साझा सहमतिबाट कोशी प्रदेशको नामकरण गरिएको बताएको छ बिहीबार नेपाली कांग्रेस कोशी प्रदेशले विज्ञप्ति जारी गरी आन्दोलनरत सबैलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुनेगरी मागहरू राख्न आग्रह गरेको हो ।

    प्रदेश सभापति उद्धव थापाले जारी गरेको विज्ञप्तिमा अन्य ६ वटा प्रदेशको नामाकरण भइसकेको अवस्थामा राख्नैपर्ने भएर कोशी नामकरण गरिएको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालिन प्रदेश नम्बर १ ले नाम राख्न सकिरहेको थिएन । नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो।’

    कांग्रेसले कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरूलाई यथासक्य सम्बोधन गर्न समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend