काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएकोप्रति आक्रोश पोखेका छन् । बिहीबार सामाजिक संजालमार्फत लामिछानेले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा भएको बताएका छन् ।
उनले भनेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।’ उनले सर्वोच्च अदालतले गएको पुस १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिकता त्यागेको निश्चित गरेको बताएका छन्।
उनले आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुनः नागरिकता पनि कायम गराइसकेको बताएका छन् । सांसद पद खारेजीको मागसहितको रिट दर्ता भएको छ । बुधबार युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ दिएको रिट दर्ता भएको हो । रिटको पेसी जेठ १७ गतेलाई तोकिएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend