logo

२०८३ साउन १५ शुक्रबार

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 962
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको हो ।

    यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिए । उनका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, र्याली र कोणसभा गरिने छ ।

    सङ्घर्षका लागि मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ । यसअघि पनि सो पार्टीको मोर्चा सङ्गठन विभागले काठमाडौँसहित देशभर नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend