logo

२०८३ असोज ८ बिहिबार

देशको पक्षमा सरकारले कुनै काम गरेको छैन, एमालेका विरुद्ध काम गरिरहेको छ: ओली

देशको पक्षमा सरकारले कुनै काम गरेको छैन, एमालेका विरुद्ध काम गरिरहेको छ: ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ जेष्ठ २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विरुद्ध अनेक प्रकारका हमला भएका र हुनसक्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले एमालेमाथि अन्य आक्रमण साथै भौतिक आक्रमण समेत भइरहेको बताए ।

    उनले भने, ‘शारीरिक आक्रमण हामी माथि भइरहेको छ।’ उनले आफू माथि भौतिक आक्रमण हुँदा समेत सरकारले दोषीलाई कारबाही कारबाही नगरेको बताए । सरकारले त्यस्ता मानिसलाई संरक्षण र उत्साहित गर्ने काम गरेको भन्दै उनले आलोचना गरे । उनले भने, ‘देशको पक्षमा सरकारले कुनै काम गरेको छैन, एमालेका विरुद्ध काम गरिरहेको छ।’

    अध्यक्ष ओलीले देशमा एमाले छ भन्ने कुरा नबिर्सन आग्रह गरे । एमालेलाई खतम पार्न चाहने शक्तिहरू आफैँ खतम भएर गएका कुरा नबिर्सन ओलीले चेतावनी दिए । २०८४ सालको निर्वाचनमा कांग्रेसका कुन हालत हुन्छ भन्ने कुरा हेर्न बाँकी रहेको ओलीले बताए । दुई माना कोदो फल्ने सुर्को लिएर एमालेमा आएको माओवादी अहिले त्यो सुर्को कांग्रेसकोमा बन्धकी राखेर देश लुटिरहेको ओलीले बताए ।

    आउने चुनावमा त्यसको हालत के हुन्छ भन्ने कुरा भनि नरहने उनले बताए । एमालेको हुर्मत लिनेका विरुद्ध संसदमा एमालेका सांसद लागिरहेका ओलीले बताए । एमाले संसद र सडक सबैतिर आफ्नो ढङ्गले लड्ने ओलीले प्रष्ट पारे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend