logo

२०८३ साउन १५ शुक्रबार

शुक्रबार एमालेको अवरोधका कारण स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै

शुक्रबार एमालेको अवरोधका कारण स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । शुक्रबार बेलुका ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस नियमित हुन नसकेकाले आज अपराह्न ४ बजेको लागि तय गरिएको हो ।

    एमालेको अवरोधका कारण शुक्रबार २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि बस्दै नबसी आजका लागि सरेको हो । सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निस्कन सकेको छैन ।

    नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एकसूत्रीय अडान राखेको छ । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।

    एमालेको अवरोधका कारण बैठक कार्य सूचीमा प्रवेश नै नगरी पौने १ बजे स्थगित भएको थियो । त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी दिएका थिए । आजको बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तयारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend