logo

२०८३ साउन १३ बुधबार

नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छः पूर्वराजा शाह

नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छः पूर्वराजा शाह


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 988
    SHARES

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास हुनुपर्नेमा अहिलेको व्यवस्थामा जनताले चाहेजस्तो सार्थक नभएको बताएका छन् ।

    शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको बताएका हुन् । उनले जनताले खोजेको र सोचेकोजस्तो नहुँदा त्यस्तो पद्धति केही समय विकाउ भए पनि टिकाउ नहुने बताए।

    उनले भने,’जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेकोअनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ, टिकाउको हुँदैन।’

    उनले अरुको अगाडि लम्पसार भएर बाँच्नु नेपालीको अपमान भएको बताए । उनले भने, ‘हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend