logo

२०८३ साउन १४ बिहिबार

पशुपतिनाथको जलहरी विवादमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोड्नु उपयुक्त होइनः प्रधानमन्त्री

पशुपतिनाथको जलहरी विवादमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोड्नु उपयुक्त होइनः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी विवादमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोड्नु उपयुक्त नभएको बताएका छन् ।

    शनिबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपति क्षेत्र विकास कोषले गरेको काममा विपक्षी दलको नेतालाई जोड्नु उपयुक्त नभएको बताएका हुन् ।

    उनले भने,’पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन। जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परि छानबिन अनुसन्धान भइरहेको छ। यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ। पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषयमा संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ।

    सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ओली सरकारले पशुपतिनाथ मन्दिरमा सुनको भनेर पित्तलको जलहरी राखेको भनेपछि एमालेले शुक्रबार संसद बैठक अवरुद्ध भएको थियो।

    सभामुख देवराज घिमिरेले सांसद दाहालले राखेको विचारमा पशुपतिमा सुनको भनेर पित्तल राखेको र स्वास्थ्य सामग्री खरिदमा २ अर्बको भ्रष्टाचार भएको भन्ने विषय संसदको रेकर्डबाट हटाउन निर्देशन दिए। शनिबार बिहान शीर्ष नेताहरूको बैठकमा सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने र संसद अघि बढाउने सहमति भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend