logo

२०८३ साउन १३ बुधबार

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको छ । प्रतिनिधिसभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मनोनित भएका छन् ।

    संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति जनाएको हो । आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो । सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाई समितिमा सांसदहरु मनोनित भएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend