logo

२०८३ असोज ८ बिहिबार

ब्यूँतियो संसद विकास कोष

ब्यूँतियो संसद विकास कोष


हाम्रो राष्ट्र
  • सोमबार, १५ जेष्ठ २०८०
  • 897
    SHARES

    काठमाडौं । सरकारले संसदीय पूर्वाधार विकास कोष ब्यूँताएको छ । प्रत्येक सांसदलाई आगामी आर्थिक वर्षको बजेटमा पाँच करोडका दरले विनियोजन गरिएको हो । यसका लागि आठ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

    सांसदहरूले आफ्ना पार्टीका कार्यकर्ता पोस्न यो बजेट खर्च गर्ने गरेको र अनियमितता हुने गरेको भन्दै यस्तो बजेट व्यवस्था नगर्न लविङ हुँदै आएको थियो । यसप्रकारको बजेट व्यापक विरोध भएपछि चालु आर्थिक वर्षमा व्यवस्था गरिएको थिएन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend