logo

२०८३ साउन १४ बिहिबार

सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको ‘लेबल’मा आउनुभयो : मेयर साह

सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको ‘लेबल’मा आउनुभयो : मेयर साह


हाम्रो राष्ट्र
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 988
    SHARES

    काठमाडौं । संसद विकास कोष ब्यूँताएकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सांसदहरुलाई कटाक्ष गरेका छन् । मंगलबार सामाजिक संजालमार्फत मेयर साहले सांसदहरु वडाध्यक्षको तहमा आएको बताए ।

    उनले भनेका छन्, ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’

    सरकारले संसदीय पूर्वाधार विकास कोष ब्यूँताएको छ । प्रत्येक सांसदलाई आगामी आर्थिक वर्षको बजेटमा पाँच करोडका दरले विनियोजन गरिएको हो । यसका लागि आठ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ । सांसदहरूले आफ्ना पार्टीका कार्यकर्ता पोस्न यो बजेट खर्च गर्ने गरेको र अनियमितता हुने गरेको भन्दै यस्तो बजेट व्यवस्था नगर्न लविङ हुँदै आएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend