logo

२०८३ साउन १५ शुक्रबार

ओलीको प्रश्नः ‘अखण्ड भारत’काबारेमा कुरा गर्न सक्नुहुन्न भने किन भारत भ्रमणमा जाने ?

ओलीको प्रश्नः ‘अखण्ड भारत’काबारेमा कुरा गर्न सक्नुहुन्न भने किन भारत भ्रमणमा जाने ?


हाम्रो राष्ट्र
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 949
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत;को नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गर्नुपर्ने बताएका छन् ।

    राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेर त्यसलाई हटाउनुपर्ने बताएका हुन् ।

    उनले भने,’प्रधानमन्त्रीजी भोली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यतिकुरा गर्न सक्नुहुन्न भने किन भारत भ्रमणमा जाने ?’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको अखण्ड भारतको नक्साा नेपाल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरिएको छ । प्रधानमन्त्री प्रचण्ड बुधबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend