logo

२०८३ असोज ८ बिहिबार

नेपाल र भारतबीच ७ बुँदे सम्झौता

नेपाल र भारतबीच ७ बुँदे सम्झौता


हाम्रो राष्ट्र
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबादमा भएको भेटवार्तापछि दुई देशबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।

    नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारी, सिलीगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयको समझदारीमा हस्ताक्षर भएको हो ।

    यस्तै, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा गोरखपुर–न्यु बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास र सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास पनि गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend