logo

२०८३ कार्तिक १२ बुधबार

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.3K
    SHARES

     

    काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न लागेको हो ।

    आइसियु सेवा प्रदान गरेको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका आइसियु शाखा प्रमुख डा सुवास आचार्यले आइसियु सेवा प्रदान गरिएका मध्ये छ हजार एक सय १४ बिरामीलाई बचाउन सफल भएको जानकारी दिए । आइसियुमा भर्ना हुने बिरामीमा ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला रहेका थिए ।

    कोरोना महामारीका समयमा ग्रान्डीले सात सय ४३ बिरामीलाई आइसियुमार्फत सेवा प्रदान गरेको थियो । “झण्डै ८० प्रतिशत बिरामीलाई बचाउन सफल भयौँ”, उनले भने । ग्रान्डीले गत वर्षदेखि चिकित्सा शिक्षा आयोगबाट आइसियु फेलोसिपसमेत प्रदान गर्दै आएको छ ।

    कार्यक्रममा अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले नेपालमै अन्तर्राष्ट्रिय स्तरको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रान्डी अस्पताल स्थापना गरिएको बताए । सबैको साथ, सहयोग र समर्थनका कारण ग्रान्डीले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको उनको भनाइ थियो ।

    निजी क्षेत्रको लगानीमा २०६९ पुस १९ गते स्थापना भएको ग्रान्डीले ३० भन्दा बढी विधामा बिरामीको उपचार गर्दैआएको अस्पतालले जनाएको छ । ग्रान्डीले हाल ३० शय्यामार्फत बिरामीलाई आइसियु सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend