logo

२०८३ साउन १३ बुधबार

भारतीय अभिनेत्री भाग्यश्री काठमाडौंमा

भारतीय अभिनेत्री भाग्यश्री काठमाडौंमा


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौंमा आयोजना हुने एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् । शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

    ‘म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु”, उनले भनिन्, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।’

    समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन् । भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । यो अवार्डको छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend