logo

२०८३ असोज ८ बिहिबार

अबको वर्ष पार्टी सङ्गठन निर्माण र सुदृढीकरण हुन्छः सभापति देउवा

अबको वर्ष पार्टी सङ्गठन निर्माण र सुदृढीकरण हुन्छः सभापति देउवा


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.4K
    SHARES

    File

    काठमाडौं । नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको सङ्गठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन् ।

    शनिबार नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा सभापति देउवाले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताए ।

    सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताए । ‘अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु’, उनले भने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend