logo

२०८३ असोज ८ बिहिबार

आजदेखि प्रतिनिधिसभामा बजेटमाथि छलफल

आजदेखि प्रतिनिधिसभामा बजेटमाथि छलफल


हाम्रो राष्ट्र
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

    संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए । यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितलाई ख्याल नगरिएको भन्दै संसद्मा जवाफ माग गर्ने भएको छ । एमाले संसदीय दलको बैठकबाट भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, ईपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेकोलगायत विषयमा प्रधानमन्त्रीसँग संसदमा जवाफ माग गर्ने निर्णय गरिएको हो ।

    बैठकमा बजेट छलफलका क्रममा शसक्त रूपमा प्रतिवादमा उत्रन पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई निर्देशन दिएका दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend