logo

२०८३ साउन १५ शुक्रबार

केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द

केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द


हाम्रो राष्ट्र
  • सोमबार, २२ जेष्ठ २०८०
  • 845
    SHARES

    सुडानी सेना र अर्धसैनिक र्या्पिपड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ।

    विदेश र डायस्पोरा मामिला मन्त्रालयका विदेश मामिलाका प्रमुख सचिव कोरिर सिङ्गोईले केन्याले सुडानमा रहेका कुनै पनि केन्यालीहरूलाई बाहिर निकाल्न सहजीकरण गर्न खुला रहेको बताए ।

    ‘हामीले सुडानको खार्तूममा सशस्त्र समूहहरूले कूटनीतिक अधिकारीहरूलाई निशाना बनाएको चिन्ताजनक समाचारहरू प्राप्त गरिरहेका छौं । खार्तुममा रहेको केन्या मिशन जुन अझै पनि केन्यालीहरूलाई बाहिर निकाल्नको लागि खुला रहेको थियो, अहिले बन्द छ,’ उनले भने ।

    सुडानका सेनापतिहरूबीचको लडाइँमा केन्याले मे महिनाको शुरुसम्ममा कम्तीमा ९०० व्यक्तिको उद्धार गरेको छ।विदेश मन्त्रालयका अनुसार सुडानमा ३,००० भन्दा बढी केन्यालीहरू बसोबास गरिरहेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend