logo

२०८३ असोज ८ बिहिबार

साउदी अरबमा पुनः कूटनीतिक नियोग खोल्ने इरानको निर्णय

साउदी अरबमा पुनः कूटनीतिक नियोग खोल्ने इरानको निर्णय


हाम्रो राष्ट्र
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    इरानको विदेश मन्त्रालयका प्रवक्ताले साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् । विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गरी रियादमा रहेको इरानी दूतावास र जेद्दाहमा इस्लामिक सहयोग सङ्गठनका लागि महावाणिज्य दूतावास र प्रतिनिधि कार्यालय मङ्गलबार र बुधबार औपचारिक रूपमा पुनः खोल्ने उल्लेख गरेका छन् ।

    यो निर्णय द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्ने इरान–साउदी अरेबिया सम्झौता कार्यान्वयन गर्ने प्रक्रियाको एक हिस्सा भएको मन्त्रालयले जनाएको छ । इरानले अनुभवी कूटनीतिज्ञ अलिरेजा इनायतीलाई साउदी अरेबियाका लागि आफ्नो राजदूत नियुक्त गरेको अर्ध–सरकारी फार्स समाचार एजेन्सीले बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend