logo

२०८३ साउन १३ बुधबार

मध्य जापानमा बाढीमा परी तीन जनाको मृत्यु, एक हजार घर ध्वस्त

मध्य जापानमा बाढीमा परी तीन जनाको मृत्यु, एक हजार घर ध्वस्त


हाम्रो राष्ट्र
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ ।

    मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ । यहाँ पुनस्र्थापना कार्य अझै जारी छ । राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार यसअघि बेपत्ता भएका इवाता सहरका ७४ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ ।

    उनको शव शिजुओका प्रान्तको फुकुरोईको तटमा फेला परेको थियो । योसँगै बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । त्यसैगरी बाढीमा परेका घरको सङ्ख्या आइचीमा दुई सय ७३ र सिजुओकामा सात सय १७ पुगेको छ । स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रहरूमा पानी आपूर्ति पुनःस्थापना गर्न र आइची प्रान्तमा विद्यालयहरू सफा गर्न प्रयासहरू गरिरहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend