logo

२०८३ साउन १३ बुधबार

अमेरिकाद्वारा चिनियाँ सामानको आयातमा कटौती

अमेरिकाद्वारा चिनियाँ सामानको आयातमा कटौती


हाम्रो राष्ट्र
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृङ्खलालाई चीन बाहिर पु¥याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ ।

    परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । अमेरिकी उपभोक्ताले पनि चीन बाहेकका मुलुकका सामानलाई रुचाएका पाइएको छ ।

    ती उत्पादन किफायती भएकाले उपभोक्ताको रोजाइमा परेका हुन् । दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ । भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनले पनि उनीहरूको मन जितेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend