logo

२०८३ साउन १४ बिहिबार

यसवर्ष विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

यसवर्ष विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण


हाम्रो राष्ट्र
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1K
    SHARES

    सन् २०२३ मा विश्वअर्थतन्त्र २ दशमलव ७ प्रतिशत र सन् २०२४ मा २ दशमलव ९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ ।

    कोभिड महामारीपछि पुनः सामान्य अवस्थामा फर्किएको चीनका कारण विश्वव्यापी गतिविधिलाई बढावा दिएको ओईसीडीले उल्लेख गरेको छ । युरो क्षेत्रमा घट्दो मुद्रास्फीतिले वास्तविक आय बढाउन मद्दत गर्नेछ र सन् २०२३ मा शून्य दशमलव ९ प्रतिशतबाट २०२४ मा १ दशमलव ५ प्रतिशतमा जीडीपी वृद्धिमा योगदान पुर्याउनेछ ।

    सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १ दशमलव ६ प्रतिशत रहने अनुमान गरिएको छ भने सन् २०२४ मा यो १ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।

    विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली सङ्घसहितको समूह जी–ट्वन्टी अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य सन् २०२२ मा ७ दशमलव ८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६ दशमलव १ प्रतिशत र सन् २०२४ मा ४ दशमलव ७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

    आर्थिक वृद्धिका लक्ष्यहरू कायम राख्न, ओईसीडीले देशहरूलाई उनीहरूको वित्तीय नीतिहरू समायोजन गर्न र दिगो विकासलाई बढावा दिन सिफारिस गर्दछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend