logo

२०८३ साउन १४ बिहिबार

मिनिबस दुर्घटना हुँदा अफगानिस्तानमा २४ जनाको मृत्यु

मिनिबस दुर्घटना हुँदा अफगानिस्तानमा २४ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

     

    अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले जानकारी दिएका हुन् ।

    चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले  ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पुर्याइएको छ ।

    युद्धग्रस्त अफगानिस्तानमा बुधबार भएको यो दोस्रो सडक दुर्घटना हो । यसअघि बुधबार बिहान मध्य बामियान प्रान्तमा भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका थिए । भीडभाड भएका सडकहरूमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा अफगानिस्तानमा प्रायः घातक दुर्घटना हुने गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend