टर्कीको लिंगमेरी सेनाले ऐतिहासिक कलाकृतिहरूको अवैध व्यापारलाई रोक्नको लागि गरेको कारबाहीमा हिब्रू बाइबलको पुरानो प्रति कब्जा गरेको छ।
इस्तानबुल प्रान्तीयकमाण्डद्वारा सोमबार जारी गरिएको विज्ञप्तिअनुसार ११०० वर्ष पुरानो उक्त बाइबल बरामद गरिएको हो । पाँच लाख अमेरिकी डलरमा उक्त ऐतिहासिक ग्रन्थको किनबेच हुन लागेको सूचनाका आधारमा खोजी गर्दा चार जना संदिग्ध व्यक्तिहरू कारबाहीमा परेका छन्।
उक्त बरामद हिब्रु बाइबल थप अनुसन्धानका लागि टर्किएको पाण्डुलिपि संस्थानमा पठाइएको छ। छापा मार्ने क्रममा सेनाले रोमन र बाइजान्टिन कालका १०१ पुराना सिक्का पनि बरामद गरेको छ । ती वस्तु इस्तानबुल पुरातत्व सङ्ग्रहालयमा पठाइएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend