logo

२०८३ असोज ८ बिहिबार

बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बालिकाको गोली हानी हत्या

बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बालिकाको गोली हानी हत्या


हाम्रो राष्ट्र
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1K
    SHARES

    फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती बालिकाको आइतबार गोली हानी हत्या गरिएको छ । बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेका हुन् । आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् ।

    उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् । उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ ।

    घटनामा ११ वर्षीया बालिका मृत फेला परेको र आमा बाबुलाई गम्भी चोट लागेको थियो । घटनाको एक घण्टा पछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

    प्लोनेभेज–डु–फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend