logo

२०८३ साउन १४ बिहिबार

काखोभका बाँध भत्किँदा १७ जनाको मृत्युु

काखोभका बाँध भत्किँदा १७ जनाको मृत्युु


हाम्रो राष्ट्र
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काखोभका जलविद्युत् आयोजनाको बाँध भत्कँदा  खेर्सोन क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको क्षेत्रीय सरकारका प्रमुख आन्द्रेई अलेक्सेन्कोले बताएका छन् ।

    मंगलबार बिहान होला प्रिस्टनमा १२ र ओलेस्कीमा पाँच जनाको मृत्यु भएको पुष्टि भएको अलेक्सेन्कोले उल्लेख गरेका छन् । विशेष गरी ओलेस्की र होला प्रिस्टन क्षेत्रमा सञ्चार पूर्वाधारमा गम्भीर क्षति भएको छ ।

    गत मङ्गलबार काखोभका जलविद्युत् आयोजनालाई लक्षित गरी भएको आक्रमणबाट बाँध भत्किएपछि बाढीबाट ठूलो विनाश भएको छ भने हजारौँ बासिन्दा बाध्य भएर सुरक्षित स्थानतर्फ पलायन भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend