logo

२०८३ साउन १३ बुधबार

नाइजेरियामा हैजाबाट १६ सयभन्दा बढी बिरामी

नाइजेरियामा हैजाबाट १६ सयभन्दा बढी बिरामी


हाम्रो राष्ट्र
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ ।

    देशको राजधानी अबुजामा आयोजित राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य प्रभावित भएको बताए ।
    स्वास्थ्य एजेन्सीले देशको हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न उपायहरू अपनाएको अडेटिफाले बताए ।

    उनले भने, ‘स्वच्छ पानी र सरसफाइ पूर्वाधारमा लगानी गर्नु, स्वच्छता अभ्यासहरूलाई बढावा दिनु, खोप र उपचारमा पहुँच प्रदान गर्नु, र हैजाको प्रकोपको निगरानी र अनुगमन गर्नु योजनामा समावेश छन् ।’

    अधिकारीका अनुसार हैजाबाट बच्न र यसको फैलावटलाई पूर्णरुपमा रोक्न सबै सरोकारवालाले आवश्यक उपायहरु अपनाउनु पर्दछ । हैजा ‘भिब्रियो हैजा ब्याक्टेरिया’को साथ आन्द्राको सङ्क्रमणको कारण हुने एक पखालाजन्य समस्या हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend