logo

२०८३ साउन १४ बिहिबार

भारतले भटमास र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

भारतले भटमास र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो


हाम्रो राष्ट्र
  • शुक्रबार, १ असार २०८०
  • 1.1K
    SHARES

    भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७ दशमलव ५ प्रतिशतबाट घटाएर १२ दशमलव ५ प्रतिशतमा झारेको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ ।

    भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसलगायत देशबाट आयात हुने गरेको छ । घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend