logo

२०८३ साउन १३ बुधबार

दश महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो

दश महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो


हाम्रो राष्ट्र
  • शुक्रबार, १ असार २०८०
  • 1.1K
    SHARES

    सन् २०२२–२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३ दशमलव २१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको छ ।

    बङ्गलादेश बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको जुलाईदेखि अप्रिलसम्मको अवधिमा बङ्गलादेशको आयात भुक्तानी १४ दशमलप ४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भई ४३ दशमलव शून्य ५ अर्ब डलर पुगेको छ ।

    गत आर्थिक वर्षको जुलाईदेखि अप्रिलसम्मको अवधिमा बङ्गलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट््यान्सले बङ्गलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend