logo

२०८३ साउन १३ बुधबार

क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो


हाम्रो राष्ट्र
  • शनिबार, २ असार २०८०
  • 1.2K
    SHARES

    क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ । क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ ।

    सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।

    सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ । क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी–७ देशहरूमा अग्रपङ्तिमा छ ।

    यदि जनसङ्याङ् वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend