logo

२०८३ साउन १४ बिहिबार

रङ्गमञ्चमा अभिनेत्री शिल्पा

रङ्गमञ्चमा अभिनेत्री शिल्पा


हाम्रो राष्ट्र
  • आइतबार, ३ असार २०८०
  • 1.7K
    SHARES

     

    काठमाडौं । उपन्यासकार कुमार नगरकोटीले लेखेको नाटक ‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिने भएकी छन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ ।

    एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्रलाई तीनजना अभिनेत्रीले चित्रण गर्दैछन् । जसमध्ये एक पात्रको भूमिकामा अभिनेत्री मास्केले गर्दैछिन् । यो उनको पहिलो नाटक हो ।

    नाटकको अभ्यासमा व्यस्त अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताए । “नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । विशुद्ध अभिनय सिकिरहेकी छु”, उनले भनिन्, “दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्ने कुराले म उत्साहित छु । यो मेरो पहिलो अनुभव हुनेछ ।” नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराज लगायतका कलाकारको अभिनय रहनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend