logo

२०८३ साउन १४ बिहिबार

इरानबाट २ हजार अफगान शरणार्थी स्वदेश फिर्ता

इरानबाट २ हजार अफगान शरणार्थी स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • मंगलबार, ५ असार २०८०
  • 1K
    SHARES

    अफगानिस्तानको शरणार्थी मन्त्रालयले छिमेकी इरानबाट विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको उल्लेख गरेको छ ।

    ‘इरानमा वर्षौं शरणार्थीका रूपमा बसेका व्यक्तिहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेपछि विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्,’ विज्ञप्तिमा भनिएको छ।

    मन्त्रालयले शनिबार र आइतवार पाकिस्तानबाट ४७६ अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केको पनि जानकारी दिएको छ।

    यसैगरी जनवरीदेखि अहिलेसम्म ६० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थीहरू पाकिस्तानमा छन्।

    अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीहरूलाई स्वदेश फर्केर युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आह्वान गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend