logo

२०८३ साउन १३ बुधबार

अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट

अफगानिस्तानमा ८० एकड क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट


हाम्रो राष्ट्र
  • मंगलबार, ५ असार २०८०
  • 793
    SHARES

    अफगानिस्तानको प्रहरीले गत दुई महिनामा अफगानिस्तानको उत्तरी जाज्जान प्रान्तमा करिब ८० एकड जमिनमा लगाइएको अफिम नष्ट गरेको छ ।

    ‘विगत दुई महिनामा, शृङ्खलाबद्ध अपरेसनमा हामीले जाज्जान प्रान्तका सात जिल्लामा छ एकड चरेस फार्मसहित ८० एकड अफिम र चरेस नष्ट गरेका छौँ,’ सहका प्रान्तीय निर्देशक मोहमद युनुसले भने ।

    अवैध बाली विरुद्धको यस्तै कारवाहीमा प्रहरीले केही साताअघि तीन प्रदेशमा करिब ६०० एकड खेती नष्ट गरेको थियो । अफगान कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा अवैध बालीको खेती, प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend