logo

२०८३ साउन १३ बुधबार

तीस हजार युक्रेनी सैनिकलाई इयूले तालिम दिने

तीस हजार युक्रेनी सैनिकलाई इयूले तालिम दिने


हाम्रो राष्ट्र
  • बुधबार, ६ असार २०८०
  • 1.1K
    SHARES

    युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ । सन् २०२३ मा युक्रेनका लागि युरोपेली सङ्घको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको कीभस्थित रक्षा मन्त्रालयले जनाएको छ ।

    ईयूका अधिकारीहरूले ३० हजार युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिने प्रतिबद्धता यस वर्षको फेब्रुअरीमा नै व्यक्त गरेका थिए । ब्रसेल्सले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई आगामी चार वर्षमा युक्रेनलाई सहयोग गर्न ५० अर्ब युरोको प्याकेजलाई समर्थन गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend