logo

२०८३ साउन १३ बुधबार

असममा बाढीका कारण २ लाख ६१ हजार मानिस प्रभावित

असममा बाढीका कारण २ लाख ६१ हजार मानिस प्रभावित


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८०
  • 1.1K
    SHARES

    असमको बजाली जिल्लामा बाढीको अवस्था अझै डरलाग्दो बन्दै गएको छ । यस जिल्लाका १९६ गाउँका करिब दुई लाख ६१ हजार मानिसहरू बाढीबाट प्रभावित भएका छन्। पाहुमरा खोलाको बाढीले पाठशाला क्षेत्रका थुप्रै गाउँ डुबानमा परेका छन् ।

    बाढीको पानीले पाठशालास्थित स्वाहिद मदन रौता उप–डिभिजन निजामती अस्पताल डुबानमा परेपछि अस्पताल प्रशासनले सबै बिरामीलाई अस्पतालबाट अन्यत्र सारेको छ ।अर्कोतर्फ पाहुमरा खोलाको बाढीले मेधिकुची गाउँको तटबन्धको ठूलो हिस्सा भत्काएर कैयौं घर बगाएको छ ।

    प्रभावित गाउँलेहरू अहिले सडक, तटबन्ध र अग्लो स्थानमा आश्रय लिएर बसेका छन् । बाढीले बजली जिल्लाको २९७ दशमलव ३० हेक्टर बाली डुबानमा परेको जनाएको छ ।

    अर्कोतर्फ असमको तामुलपुरको कुमारिकाटा क्षेत्रमा बाढीको पानीले पुलमा क्षति पुर्याएको छ । आसामको कोकराझार जिल्लामा बिहीबार मडाती नदीको बाढीले गोसाइगाउँ क्षेत्रस्थित खोलामाथिको काठको पुल बगाउँदा आवतजावतमा बाधा पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend