काठमाडाैँ – अहिले हरेक मान्छे चिन्तामा परेकाे देखिन्छ । मानिस चिन्तित भयाे भने उसकाे दैनिकीमात्र हाेइन पारिवारिक र भविष्य समेत अफ्ठेराेमा परेकाे हुन्छ । यहाँ चिन्ताबाट मुक्त हुने केही उपाएहरू उल्लेख गरिएकाे छ ।
– बेजोडले हाँस्ने
यदि मानिसमा चिन्ता लिइरहने बानी छ भने यसलाई कम गर्ने सबैभन्दा राम्रो उपाय भनेको बेलाबेलामा ठुलो हाँसो हाँस्नु हो । यसरी हाँस्दा हाम्रो शरीरमा खुसी बनाउने हर्मोन बढ्नुका साथै चिन्ता दिलाउने हार्मोन कम हुन्छ । तर हाँस्ने समय भने निश्चित हुनुपर्छ ।
– भेटघाट बढाउने
यदि कुनै कारणवश लगातार चिन्ता वा तनाव भएको छ भने कहिल्यै एक्लै बस्नु हुँदैन । सकेसम्म परिवारका सदस्य, साथीभाइ तथा सानानानीहरुसँग घुलमिल हुन सके चिन्ता कम हुँदै जान्छ ।
– शारीरिक व्यायाम
लामो समयसम्म मानिसमा चिन्ता पर्ने समस्या छ भने सकेसम्म शारीरिक श्रम, व्यायाममा समय दिनुपर्छ । यसले शरीरको स्ट्रेस हार्मोनको मात्रा घटाई चिन्ता कम गर्न मद्दत गर्छ ।
– योग गर्ने
मानिसको शरीरमा रोग तथा चिन्ता कम गर्ने सबैभन्दा राम्रो उपाय मध्ये एक योग पनि हो । योगले मानिसमा चिन्ता कम गर्न ठुलो मद्दत गर्छ ।
– रुचिको काम गर्ने
मानिसमा चिन्ता बढिरहेको छ भने रुचि अनुसारको काममा समय दिनु पर्दछ । गीत सङ्गीत सुन्ने, पुस्तक पढ्ने, साई कलिङ गर्ने वा अन्य रुचि अनुसारको काम गर्दा चिन्ता कम हुन्छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend