logo

२०८३ साउन १३ बुधबार

वाग्नर समूहका प्रमुखले बेलारुसमा शरण लिने

वाग्नर समूहका प्रमुखले बेलारुसमा शरण लिने


हाम्रो राष्ट्र
  • आइतबार, १० असार २०८०
  • 923
    SHARES

    रुसमा विद्रोह गरिरहेको वाग्नर समूहका प्रमुख यभगेनी प्रिगोजिनले बेलारुसमा शरण लिने भएका छन् । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्सकोसँगको वार्तापछि उनी त्यहाँ शरण लिन लागेका हुन् । रुसी राष्ट्रपति भलाद्मीर पुटिनलाई सत्ताच्युत गर्ने चेतावनी दिएको वाग्नर समूह बेलारुसका राष्ट्रपतिसँगको वार्तापछि पछि हटेको हो ।

    शनिबार  वाग्नर समूहले रसियाको रोस्तोभ अन डनका प्रमुख क्षेत्र कब्जा गरेको थियो। र, सो क्षेत्रमा पुटिनको शासन नरहने दाबी गरेको थियो। वाग्नर समूहको यो घोषणा पछि उक्त समूहका लडाकूलाई सो क्षेत्रका बासिन्दाले धन्यवाद व्यक्त गरेका थिए । यो समूहले पुटिनलाई भाडाका सैनिक उपलब्ध गराउँदै आएको थियो।

    युक्रेनसँगको युद्धमा पनि यो समूहको उपस्थिति निकै महत्वपूर्ण मानिन्छ। वाग्नर समूहले विद्रोह गर्ने घोषणा गरेपछि भने पुटिनले सो समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई कारवाही गर्ने चेतावनी दिएका थिए।

    मस्को तर्फ वाग्नर लडाकूहरु अघि बढ्दै गर्दा पुटिनले यस्तो चेतावनी दिएका थिए । तर अहिले उनलाई सुरक्षितरुपमा बेलारुस जान दिन र विद्रोहमा रहेका कसैलाई पनि कारवाही नगर्न रुस तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend